बैतडीमा उपाध्यक्षको कोसेली कार्यक्रममा अनियमितता

Image
maya metro

 बैतडी – बैतडीको पञ्चेश्वर गाउँपालिकाले आर्थिक वर्ष २०७७/७८ मा उपाध्यक्षको कोसेली कार्यक्रम अन्तर्गत खरिद भन्दा कम सामग्री वितरण गरेको पाइएको छ।

महालेखा परीक्षकको प्रतिवेदन अनुसार गाउँपालिकाले ३२० थान विभिन्न सामग्री खरिद गरेको भएपनि २५७ थान मात्रै वितरण गरेको छ।

nisarga

उक्त कार्यक्रम अन्तगर्त ९८ हजार १३४ रुपैयाँ बराबरको सामग्री बढी खरिद गएिको देखिएको हो।

यस्तै, आर्थिक वर्ष २०७६/७७ मा वितरण गर्नुपर्ने सामग्री २०७७/७८ मा वितरण गरेको पाइएको छ।

प्रतिवेदनमा त्यसरी वितरण गरिएको सामग्रीको १ लाख ४६ हजार ४२२ रुपैयाँ अनियमित रहेको उल्लेख छ।