
बाजुरा – बाजुराको खप्तड छेडेदह गाउँपालिका वडा नम्बर १ काँडामा मानसिक सन्तुलन गुमाएकी महिलाको उद्धार गरिएको छ । मानसिक सन्तुलन बिग्रिएपछि घर नजिकै रहेको ओडार तथा जंगलमा बस्दै आएकी जलु बुढाको उद्धार गरिएको हो । वडा अध्यक्ष वीरबहादुर रावलको विशेष पहलमा बुढाको उद्धार गरिएको हो ।
स्थानीय भाने बुढाकी कान्छी श्रीमती जलु मानसिक सन्तुलन बिग्रिएपछि घर नजिकै रहेको ओडार तथा जंगलमा बस्दै आएकी थिइन् । उनले पारीवारीक कलहका कारण मानसिक सनतुलन गुमाएको बताईएको छ ।

उमेरले करिब ४८ वर्षकी जलुको परिवारको उनको उपचार गर्नसक्ने हैसियत नभएकै कारण उनी कठिन जीवन बिताउन बाध्य छन् । उनी करिब २ वर्षदेखि उद्धार गरेर परिवारको जिम्मा लगाएपनि फर्केर ओडार नै जाने गरेकी थिइन् ।














