
बाजुरा – बाजुराको खप्तड छेडेदह गाउँपालिका वडा नं –३ को डुँग्री झिगिने, टुनीसैन लगायतका खोलामा पुल नहुँदा त्यहाँका स्थानीयलाई वर्खाको समय खोला तर्न निकै समस्या भएको छ ।
खप्तड छेडेदह गाउँपालिका वडा नं –३ पुडाबाउला, मौवाडी, धुर्तोला, टुनीसैन लगायतका स्थानीय पुस्तौ देखि अहिलेसम्म उपभोग्य सामाग्री खरिद गर्न बेतालमाण्डौ साँफेबगर लगायतका बजारमा यसै खोलाबाट वारपार गर्ने गरेका छन् ।

खप्तड छेडेदह गाउँपालिका वडा नं –३ मौवाडीका दिलबहादुर धामीले, यहाँका स्थानीयलाई घाँस दाउरा गर्न तथा दैनिक उपभोग्यका समाग्री खरिद गर्न जाँदा यो खोला तर्नु पर्ने हुन्छ ।
यहाँका स्थानीय दैनिक उपभोग्यका समाग्री ल्याउन र विद्यार्थीलाई बूढीगङ्गा –७ शारदा माविमा पढ्न यही खोला तरेर जानुपर्ने बाध्यता छ ।














