
बाजुरा – जिल्लामा महिला बलात्कारको आरोपमा एक जना पुरुष पक्राउ परेका छन्।
३० वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा जिल्लाको स्वामीकार्तिक खापर गाउँपालिका ३ का ४२ वर्षीया कर रावल पक्राउ परेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार रावलले ती महिलालाई घर नजिकैको खेतमा घाँस काटिरहेको बेला बलात्कार गरेका थिए।
यस विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।














