स्याउले बजार व्यवस्थापन समितिले तिज तथा गौरा विशेष कार्यक्रम गर्ने

Image
maya metro

अत्तरिया – कैलालीको गोदावरी नगरपालीका वडा नम्बर ८ स्थीत स्याउले बजार व्यवस्थापन समितिले तिज तथा गौरा विशेष कार्यक्रम आयोजना गर्ने भएको छ । मंगलबार पत्रकार सम्मेलन गर्दै समितिले सो बारे जानकारी दिएको हो ।

समितिले भदौ १३ र १४ गते तिज विशेष कार्यक्रम राख्ने र १६,१७ र १८ गते स्याउलेमै गौरा विशेष कार्यक्रम गरिने स्याउले बजार व्यवस्थापन समितिका महासचिव गौतम विसि ले पत्रकार सम्मेलनमा जानकारी दिए । तीज विशेष कार्यक्रम अन्तरगत  नृत्य प्रतियोगिता समेत हुनेछ ।

nisarga

जस्मा प्रथम पुरुस्कार दस हजार ,द्वितीय  हुनेलाई पाँच हजार र तृतीय हुनेलाई तीन हजार रुपैयाँ प्रदान गरिने आयोजकले जनाएको छ । अध्यक्ष गोपाल देउवाले सुदुरपस्चिमको कला सँस्कृती जोगाउने उदेश्यसहित स्याउले बजार व्यवस्थापन समितिले तिज तथा गौरा विशेष कार्यक्रम गर्न लागेको बताएका छन् ।

स्याउले बजार नजिकै रहेको विश्व महादेव मन्दिरमा हुने उक्त कार्यक्रममा स्थानीय तथा राष्ट्रिय कलाकारको प्रस्तुति पनि रहने बताईएको छ ।  कार्यक्रममा करिब साढे तीन लाख रकम खर्च हुने आयोजकले अनुमान गरेको छ