बैतडीमा जबरजस्ती करणी गरेको आरोपमा शिक्षक र स्वास्थ्यकर्मी पक्राउ

Image
maya metro

बैतडी – बैतडीमा जबरजस्ती करणी गरेको आरोपमा शिक्षक र स्वास्थ्यकर्मी पक्राउ परेका छन्।

३५ वर्षीय शिक्षक किशोर जोशीले ट्युसन पढ्न आएकी कक्षा १० मा अध्यानरत किशोरीमाथि जबरजस्तीकरणी गरेको आरोपमा पक्राउ गरिएको हो।

nisarga

यसैगरी सिगास गाउँपालिकाको एक स्वास्थ्य चौकीका इन्चार्ज समेत रहेका २७ वर्षीय अहेव खगेन्द्र धामी पक्राउ परेका छन्।

स्वास्थ्य चौकीमा कार्यालय सहयोगीको रूपमा काम गर्दै आएका महिलामाथि जबरजस्ती करणी गरेको आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीका सूचना अधिकारी एवं प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिए।

अहेव धामीलाई गत सोमबार पक्राउ गरिएको हो भने शिक्षक जोशीलाई बिहीबार पक्राउ गरिएको प्रहरी निरीक्षक जोशीले बताए।

दुवै घटनाको अनुसन्धान भइरहेको बताईएको छ ।