
डोटी – डोटीमा कांग्रेस नेता तथा कार्यकर्ताले जिल्लामा गठबन्धन गर्न आवश्यक नरहेको बताएका छन्। नेपाली कांग्रेस डोटीले जिल्ला सदरमुकाम सिलगढीमा आयोजना गरेको “जनताको साथमा कांग्रेस अभियान” कार्यक्रममा सुझाव दिदै नेता तथा कार्यकर्ताहरुले जिल्लामा गठबन्धन नगर्न खबरदारी गर्दै आवश्यक नरहेको बताएका हुन् । उनीहरु गठबन्धनको बिरुद्धमा उभिएका छन् ।
कांग्रेसका भातृ, शुभेच्छुक संघ संगठन, पालिकाका सभापति तथा जिल्लाका नेताहरु मंसिर ४ गते हुने संघ र प्रदेशको निर्वाचनमा तालमेल गर्ने केन्द्रको निर्णय नमान्ने पक्षमा उभिएका हुन् । डोटीमा ९० प्रतिशत मत कांग्रेससँग रहेको दाबी उनीहरुले गरेका छन्। उनीहरुले जिल्लामा कुनै पनि पार्टीसँग गठबन्धन गरेको अवस्थामा मत होल्ड गर्ने चेतावनी समेत दिएका छन् ।

स्थानीय नेताकार्यकर्ताहरु पनि कांग्रेसको चुनाव चिन्ह बाहेक अन्त भोट नहाल्ने जनाउदै आएका छन्।
देश व्यापी सञ्चालन भइरहेको नेपाली काँग्रेसको “जनतासँग काँग्रेस”अभियान चालु छ । अभियान भदौ २४ गतेसम्म सञ्चालन हुनेछ ।












