
अत्तरिया – कैलालीको गोदावरी नगरपालिका वडा नम्बर-५ स्थित गेटाबाट लागूऔषधसहित एक जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा गोदावरी १ का २८ वर्षीय काशीराम औजी रहेका छन् ।

औजीको साथबाट ५४० मिलिग्राम लागूऔषध खैरो हेरोइन बरामद गरिएको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ ।
औजीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।














