मानव अधिकारकालागी महिला एकल महिला समुह गोदावरी नगरको आयोजनामा तिज विशेष कार्यक्रम सम्पन्न

Image
maya metro

अत्तरिया – मानव अधिकारकालागी महिला एकल महिला समुह गोदावरी नगरको आयोजनामा तिज विशेष कार्यक्रम सम्पन्न भएको छ ।

सोमबार अत्तरियाको पतंजली योग समितिको हलमा सँस्थाकी नगर अध्यक्ष माया विष्टको सभापतित्व तथा गोदावरी नगरपालीकाकी उपप्रमुख शारदा देवी रोकायाको प्रमुख आथीत्यमा कार्यक्रम सम्पन्न भएको हो ।

nisarga

कार्यक्रममा सँस्थाकी कैलाली जिल्ला अध्यक्ष भगवती हमाल,गोदावरी नगरपालीकाकी पुर्व उपप्रमुख रत्ना कडायत,वडा नम्बर ७ की अध्यक्ष कलावती साँउद लगायत विभीन्न संघ सँस्थामा आवद्ध व्यत्तिहरुको सहभागीता रहेको थियो ।

कार्यक्रममा विभीन्न समुहले नृत्य प्रस्तुत गरेका थिए ।

त्यस्तै कार्यक्रमका सहभागीलाई पोते,टिका वितरण गरीएको थियो भने दर पनी खुवाईएको थियो । कार्यक्रममा उपस्थीत सहभागीहरुले नाचगान गर्दै रमाईलो गरेका थिए ।