
अत्तरिया – कैलालीको गोदावरी नगरपालीका वडा नम्बर ८ स्थीत स्याउलेमा तिज तथा गौरा विशेष कार्यक्रम उल्लेख्य सहभागीतामा सम्पन्न भएको छ ।
स्याउले बजार व्यवस्थापन समितिले हरितालीका तिज तथा गौराको अवसरमा आयोजना गरेको कार्यक्रम आज सम्पन्न भएको हो ।

स्याउले बजार वयवस्थापन समितिका अध्यक्ष गोपाल देउवाको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथी वडा नम्बर ८ का अध्यक्ष गोविन्द चौधरी रहेका थिए ।

तिज तथा गौरा विशेष कार्यक्रममा नृत्य प्रतियोगीता समेत राखीएको थियो जस्मा चौमालाको विग युनाइटेड डान्स समुहले प्रथम स्थान हाँसील गर्दै दश हजार रुपैँया हात पारेको छ। त्यस्तै कार्यक्रममा एकल नृत्य गरेकी उवर्सी शाहिले दोस्रो स्थान प्राप्त गर्दै पाँच हजार रुपैँया पुरस्कार पाएकी छन् । कार्यक्रममा टिकापुरको टिकापुर डान्स एकेडेमीले तेस्रो स्थान ल्याएर तीन हजार रुँपैया पुरस्कार पाएको छ । कार्यक्रममा प्रतिस्पर्धामा ६ ओटा समुहले तथा ८ जनाले एकल नृत्य मार्फत सहभागीता जनाएका थिए ।
स्याउले चोक नजीकै विश्वदेव महादेव मन्दीर परिसरमा सम्पन्न कार्यक्रममा सयौँको उपस्थीती रहेको थियो । स्याउले बजार व्यवस्थापन समितिले यहि भदौ १६ गते देखी सोहि स्थानमा गौरा विशेष कार्यक्रम गर्नेछ ।






























