सुदूरपश्चिममा डेउडा खेलको रौनक

Image
कैलालीको गोदावरी ,८ स्थीत स्याउलेमा डेउडा खेल्दै महिला तथा पुरुष । स्याउले बजार व्यवस्थापन समितिले आयोजना गरेको उत्त गौरा महोतसवमा दिनहुँ भव्य उपस्थीती रहने गरेको छ । तस्वीरः शारदा फुलारा / सुदूर टाईम्स
maya metro

अत्तरिया – सुदूरपश्चिम प्रदेशमा डेउडा खेलको रौनक छाएको छ। कैलालीको धनगढी,गोदावरी नगरपालीका ८ स्थीत स्याउले बजार लगायत सुदूरपश्चिम नै डेउडामय बनेको हो ।

कोरोना महामारीका कारण केही वर्ष डेउडा खेलमा रमाउन नपाएकाले यस वर्ष खुलेर रमाइरहेको डेउडा खेलमा सहभागीहरूको भनाइ छ। उनीहरू सुखदुःख, मिलन विछोड, मायाप्रीतिका कुरा देउडा गीतमार्फत व्यक्त गर्ने र तालमा ताल मिलाएर डेउडा खेल्ने गर्दछन्।

nisarga

पछिल्लो समय राजनीतिमाथि तिखो व्यङ्ग्य प्रहार गर्दै डेउडा खेल्ने कार्य पनि हुँदै आएको छ। गौरा सकिएपछि अठवालीदेखि एक हप्तासम्म डेउडा खेल्ने चलन रहेको संस्कृतिविद् टीएन जोशीले बताउनुभयो। सुदूरपश्चिम प्रदेशको पहाडी समुदायमा जुनसुकै उत्सव र खुसियालीमा डेउडा खेल खेलिने गरिन्छ।

पछील्लो समय गौरा पर्वको अवसर पारेर विभिन्न ठाउँमा डेउडा खेलको प्रतियोगितासमेत आयोजना भइरहेका छन्।