
अत्तरिया – कैलालीको गोदावरी ८ स्थीत स्याउलेमा आयोजीत तिज तथा गौरा साँस्कृतिक महोत्सव बुधबार सम्पन्न भएको छ ।
हिन्दु नारीहरुको महान पर्व हरितालीका तिज तथा सुदूरपश्चिमेलीहरुको मौलीक चाड गौरापर्वको अवसरमा स्याउले बजार व्यवस्थापन समितिले आयोजना गरेको तिज तथा गौरा साँस्कृतिक महोत्सव बुधबार सम्पन्न भएको हो ।

सँस्थाका महासचिव गौतम विसीको स्वागत मन्तव्य संगै सुरु भएको कार्यक्रममा स्याउले बजार व्यवस्थापन समितिका अध्यक्ष गोपाल देउवा सभापति तथा गोदावरी नगरपालीका वडा नम्बर ८ का अध्यक्ष गोविन्द चौधरी प्रमुख अतिथी रहेका थिए ।
स्याउले बजार नजीकै रहेको विश्व महादेव मन्दिर परिसरमा आयोजना गरीएको कार्यक्रममा स्थानीय तथा टाढाटाढाका दर्शकहरुको समेत बाक्लो सहभागीता रहेको थियो ।

महोत्सवमा सुदूरपश्चिमका विभीन्न जिल्लाबाट स्थानीय डेउडा कलाकारहरुलाई बोलाईएको थियो ।
स्याउले बजार व्यवस्थापन समितिका अध्यक्ष गोपाल देउवाले कार्यक्रम सम्पन्न गर्न सहयोग गर्ने सबैलाई धन्यवाद दिएका छन् ।






























