बाजुरामा भालुको आक्रमणबाट एक पुरुष गम्भीर घाइते

Image
maya metro

बाजुरा – बाजुरामा भालुको आक्रमणबाट एक पुरुष गम्भीर घाइते भएका छन्। जिल्लाको बुढीगंगा नगरपालिका-९ का ५९ वर्षीय पुरन सेराला भालुको आक्रमणबाट गम्भीर घाइते भएका हुन्।

मंगलबार दिउँसो गाउँ नजिकैको मेलडाडा जंगलमा गोरु चराइरहेका बेला उनीमाथि भालुले आक्रमण गरेको बताइएको छ।

nisarga

उनलाई उपचारका लागि अछामको बयलपाटा अस्पताल लगिएको स्थानीय कृष्ण सेरालाले बताए। उनको टाउको, छाति र खुट्टामा चोट लागेको बताइएको छ।