
डोटी – डोटीको टुँडिखेलमा नेपाली सेनाले पिङ निर्माण गरेको छ । डोटीको सिलगढी स्थीत भैरव प्रसाद गणले बडा दशैंलाई मध्यनजर गर्दै पिङ निर्माण गरेको हो ।
दशैंमा पिङ खेलेर भुँइ छोड्नुपर्ने प्रचलन कम हुँदै गएको बेला नेपाली सेनाको भैरव प्रसाद गणले त्यसलाई निरन्तरता दिँदै पिङ निर्माण गरेको हो ।

पछील्लो समय परम्परागत पिङ बनाउने र खेल्नेको उत्साह नहुँदा संस्कृति नै हराउँदै गएको छ ।
परम्परागत पिङको सट्टा आधुनिक पिङमा पछील्लो पुस्ताको रुचि बढी देखीन्छ ।
साहसी पर्यटन प्रेमीलाई लक्षित गर्दै परम्परागत रूपमा खेलिने पिङलाई परिमार्जित गरी विभिन्न ठाउँमा अनौठा–अनौठा पिङ बनाउने होड नै चलेको छ।















