
डोटी – डोटीमा दशैँ विशेष साँस्कृतिक कार्यक्रम आयोजना हुने भएको छ । जिल्लाको सिलगढी स्थीत ईन्द्रचोकमा दशैँ विशेष साँस्कृतिक कार्यक्रम हुने भएको हो ।
डोटीको सिलगढी स्थीत भैरव प्रसाद गण र समता एक्सन ग्रुपको संयुक्त आयोजना तथा र समता एक्सन ग्रुपको संयुक्त आयोजनामा कार्यक्रम हुने भएको हो । कार्यक्रम १६ गते फूलपातीका दिन ३ बजे देखि बेलुकी ६ बजेसम्म साँस्कृतिक कार्यक्रम हुने जनाईएको छ ।

कार्यक्रममा लोकप्रिय डेउडा गायक भुवन दाहाल,टेक ऐर,केशव फुलारा त्यसैगरी टिकटक स्टार मिस पवी को प्रस्तुती रहने आयोजकले जनाएको छ । कार्यक्रममा डेउडा गीत, ,भुवा,हुड्केलि,पुतला नाच लगायतका प्रस्तुति पनी रहने छ ।
स्थानीय कला संस्कृतिको जगेर्ना गर्ने उदेश्य सहित कार्यक्रमको आयोजना गर्न लागीएको आयोजक भैरव प्रसाद गणका गणपति जन्मत बहादुर कार्कीले बताएका छन् ।
यो पनी पढ्नुहोस्:















