बैतडीको निङ्गलाशैनी मन्दिरमा ३ सय राँगा र ३ सय बोकाको बलि

Image
maya metro

बैतडी – बैतडीको निङ्गलाशैनी मन्दिरमा ३ सय राँगा र ३ सय बोकाको बलि दिईएको छ । भाकल अनुसार राँगा तथा बोकाको बलि दिने प्रचलन रही आएको निङ्गलाशैनी भगवती मन्दिरमा जिल्लाकै सबैभन्दा बढी पशुबलि दिने गरिन्छ ।

निङ्गलाशैनी भगवती मन्दिरमा महाष्टमी र चैत्राष्टमीमा लाग्ने जात्रा बलिसहित हुने भएपनि अनन्त चतुर्दशी र मंसिर शुक्ल पूर्णिमका दिन लाग्ने मेलामा बलि नहुने बताइएको छ । निङ्गलाशैनी भगवती मन्दिरमा लाग्ने जात्रामा टाढा–टाढाका भक्तजनहरु आउने गरेका छन् ।

nisarga

नेपालका मात्रै नभएर भारतका विभिन्न ठाउँबाट समेत दर्शनार्थीहरु आउने गरेका छन् । निङ्गलाशैनी भगवतीको दर्शन गरेमा मनोकामना पूर्ण हुने जनविश्वास रही आएको छ ।