सन्दीप लामिछाने आज १० बजे नेपाल आइपुग्ने

Image
maya metro

काठमाडौं – नाबालिग बलात्कारको आरोप लागेका राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान सन्दीप लामिछानेले आफू आज बिहान १० बजे नेपाल आइपुग्ने बताएका छन् ।  कतार एयरलायन्सको विमानबाट उनी १० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नेछन्।

विमानस्लबाटै उनले प्रहरीसामु आत्मसमर्पण गर्ने उल्लेख गरेका छन्। ‘मैले वाचा गरेअनुसार सम्बन्धित निकायसामु आज आत्मसमर्पण गर्दैछु। म कतार एयरलायन्सको विमानबाट विहान १० बजे काठमाडौं अवतरण गर्दैछु। आत्मसमपर्ण गर्नेबारे मैले लिखितरुपमै प्रहरीलाई जानकारी गराएको छु,’ उनले सामाजिक सञ्जालमा लेखेका छन्।

nisarga

उनले प्रहरीलाई हरेक पाइलामा सघाउने वाचा गरेका छन्। प्रहरीसामु आत्मसपर्मण गर्दैगर्दा उनले आफ्नोतर्फबाट अधिवक्ता सरोजकृष्ण खनाललाई उक्त प्रक्रियामा सघाउन आग्रहसमेत गरेका छन्।

नाबालिगलाई जबर्जस्तीकरण गरेको आरोप लागेपछि नेपाल क्रिकेट संघले उनलाई कप्तानको जिम्मेवारीबाट निलम्बन गरेको थियो। सीपीएल खेल्न वेस्ट इन्डिज पुगेका सन्दीप आफू विचलित भएको र आइसोलेसनमा बसेको यसअघि जानकारी दिएका थिए।

गएको भदौ २१ गते एक नाबालिगले सन्दीपविरुद्ध बलात्कारको जाहेरी दिएकी थिइन् । भदौ ५ गते सन्दीपले बलत्कार गरेको जाहेरीमा उल्लेख छ ।