
अछाम – अछाममा नेकपा एमालेका नेता भीम रावलका कार्यकर्ता तथा समर्थकले कालो झण्डासहित पार्टी अध्यक्ष केपी शर्मा ओलीविरुद्ध नाराबाजी गरेका छन्।
जिल्लाबाट सर्वसम्मत सिफारिस भएका भीम रावलको टिकट खासेर केन्द्रले झपट बोहरालाई दिएको विरोधमा उनीहरुले कालो झण्डासहित ओलीविरुद्ध नाराबाजी गरेका हुन्। अछाम क्षेत्र नम्बर १ मा एमालेका उम्मेदवार झपट बोहराले मनोनयन दर्ता गर्ने क्रममा नाराबाजी गरिएको हो।

नाराबाजी गर्ने बेला प्रतिनिधिसभा सदस्यको टिकट पाएका झपट बोहरा पनि मनोनयन दर्ता गर्न गइरहेका थिए। उनले निर्वाचन अधिकृतको कार्यालय पुगेर मनोनयन दर्ता गराएका थिए। उनीसँगै प्रदेशसभा (क) देवबहादुर कुँवर र प्रदेशसभा (ख) मा कृष्णप्रसाद जैशीले मनोनयन दर्ता गराएका छन्।















