डडेल्धुरामा नेकपा (एस) र कांग्रेस (बीपी) बीच तालमेल

Image
maya metro

धनगढी – आसन्न संसदीय निर्वाचनमा नेकपा (एकीकृत समाजवादी) डडेल्धुरा र नेपाली कांग्रेस (बीपी) बीच तालमेल हुने भएको छ। शनिबार दुबै पार्टीले पत्रकार सम्मेलन गर्दै मंसिर ४ गते हुने निर्वाचनमा सयुक्त रूपमा जाने जनाएका हुन्।

प्रतिनिधिसभामा एक र प्रदेशसभामा दुईवटा निर्वाचन क्षेत्र रहेको डडेल्धुरामा नेपाली कांग्रेस बीपीले प्रतिनिधिसभामा कर्णबहादुर मल्ललाई उम्मेदवार बनाएको छ। सत्ता गठबन्धनबाट असन्तुष्ट नेकपा एसका नेता डाक्टर तारा जोशीले पार्टी परित्याग गर्दै स्वतन्त्र उम्मेदवारी दिएका छन्।

nisarga

जसअनुसार नेकपा एसले कांग्रेस बीपीसँग तालमेल गरेको हो। नेकपा एस र कांग्रेस बीपीबीच ६ बुँदे चुनावी समझदारी भएको एकीकृत समाजवादी जिल्ला अध्यक्ष कवीन्द्र विष्टले जानकारी दिए। यसअघि नेकपा एमालेसँग पनि चुनावी तालमेलको सहमति गरिएको थियो, तर, शुक्रबार एक प्रेस विज्ञप्ति जारी गर्दै एमाले डडेल्धुराले कांग्रेस बीपीसँगको चुनावी तालमेल भंग गरेको जनाएको थियो।