अत्तरियामा अनैतिक गतिविधिमा संलग्न १९ जना नियन्त्रणमा

Image
maya metro

अत्तरिया – कैलालीको अत्तरियाका विभिन्न होटेलहरुबाट अनैतिक क्रियाकलापमा संलग्न होटल संचालकसहुत १९ जनालाई इलाका प्रहरी कार्यालय मालाखेतीले पक्राउ गरेको छ ।

अत्तरियाको हिल्टन होटल, बैतडी पुर्चौँडी होटल र अपी नाम्पा होटलमा चेकजाँच गर्दा अनैतिक गतिविधिमा संलग्न १० महिला र ९ जना पुरुषलाई नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख प्रहरी नायब उपरीक्षक हिरा सिंह महराले जानकारी दिएका छन् ।

nisarga

नियन्त्रणमा लिइएकाहरूलाई हिरासतमा राखेर थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक महराले बताएका छन् ।