
अत्तरिया – भौतिक पूर्वाधार विकास मन्त्री सुनिल लम्साल भोलि सुदूरपश्चिम आउँदै छन् ।
सुदूरपश्चिमका विभिन्न आयोजनाहरुको अनुगमन गर्न मन्त्री लम्साल सुदूरपश्चिम आउन लागेका हुन् ।

भोलि (शुक्रबार) बिहान ७ः५० मा नियमित उमाडमार्फत लम्साल धनगढी विमानस्थल आइपुग्ने रास्वपाका केन्द्रिय पूर्वाधार अनुगमन समितिका सदस्य पुष्पराज सुवेदीले जानकारी दिएका छन् ।
त्यसलगत्तै उनी पहाडी जिल्लाका लागि जाने बताइएको छ । सुदूरपश्चिमका विभिन्न आयोजनाहरुको अनुगमन गरी लम्साल भदौ ३ गते काठमाडौं फर्किने कार्यतालिका रहेको सुवेदीले बताएका छन् ।














