अत्तरिया कृषि सहकारी संस्थाको एघारौँ वार्षिक साधारण सभा सम्पन्न

Image
maya metro

अत्तरिया – कैलालीको गोदावरी नगरपालिका–१, वनखेतमा रहेको अत्तरिया कृषि सहकारी संस्था लिमिटेडको एघारौँ वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
संस्थाका अध्यक्ष देव बहादुर साउँदको अध्यक्षतामा सम्पन्न साधारण सभामा गोदावरी नगरपालिका वडा नम्बर-१ का वडा सदस्य, अत्तरिया उद्योग वाणिज्य संघका महासचिव एवम् संस्थाका सेयर सदस्य गम्भीर साउँद प्रमुख अतिथि रहेका थिए । संस्थाको लेखा समिति प्रतिबेदन प्रस्तुत संयोजक नन्दराज भट्टले प्रस्तुत गरेका थिए भने संस्थाको आय व्यय प्रतिवेदन प्रस्तुत संस्थाकी प्रबन्धक सक्रान्ति भट्टले गरेकी थिइन्।

प्रतिवेदन अनुसार संस्थाको कुल शेयर पूंजी ८९ लाख ५० हजार ९०० रहेको छ । संस्थाले गत आर्थिक वर्ष २०८२/०८३ मा ७ करोड १६ लाख ६६ हजार ४३३ रुपैयाँको आर्थिक कारोबार गरेको छ । उक्त कारोबार बाट १६ लाख ८ हजार ९९ रुपैयाँ मुनाफा आर्जन गर्न संस्था सफल भएको छ । यस्तै संस्थाले आ व २०८२/०८३ मा निक्षेप तर्फ ४ करोड ३५ लाख ५४ हजार ६७४ रुपैयाँ बचत संकलन गरेको छ भने कर्जा तर्फ ५ करोड ५६ लाख ६६ हजार ५२७ रुपैयाँ ऋणमा लगानी गरेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

nisarga

साधारण सभामा सेयर सदस्य ज्येष्ठ नागरिक, उत्कृष्ट बचतकर्ता, उत्कृष्ट बाल बचतकर्ता, उत्कृष्ट ऋणीलाई सम्मान गरिएको थियो । यस्तै सेयर सदस्यका छोराछोरीमध्ये कक्षा ८, १० र १२ मा उत्कृष्ट अंक ल्याएर उत्तीर्ण हुने विद्यार्थीलाई नगदसहित सम्मान प्रदान गरिएको थियो ।

करिब १० वर्षअघि ३३ जना सेयर सदस्यहरु बाट सुरु भएको संस्थामा हाल ८५५ जना शेयर सदस्यहरु आबद्ध रहेको संस्थाले जनाएको छ । संस्थाका सचिव पदम खातीको स्वागत मन्तव्यसंगै सुरु भएको कार्यक्रमको सञ्चालन संस्थापक उपाध्यक्ष शिवराज रेग्मीले गरेका थिए ।