कञ्चनपुरमा करेन्ट लगाएर माछा मार्ने क्रममा युवकको मृत्यु

Image
maya metro

कञ्चनपुर – कञ्चनपुरको बेलडाँडी गाउँपालिका–२ स्थित पुरानो चौधर नदीमा करेन्ट लगाएर माछा मार्ने क्रममा एक युवकको मृत्यु भएको छ।

शुक्रबार दिउँसो करेन्ट लगाएर माछा मार्ने क्रममा सोही ठाउँका २२ वर्षीय हेमु रानाको मृत्यु भएको प्रहरीले जनाएको छ।

nisarga

घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ।