कञ्चनपुरमा पार्किङमा राखिएको मोटरसाइकल चोरी गर्ने तीन जना पक्राउ

Image
maya metro

कञ्चनपुर – कञ्चनपुर प्रहरीले मोटरसाइकल चोरीमा संलग्न तीन जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार, भिमदत्त नगरपालिका–४, महेन्द्रनगर बजारको गल्ली नम्बर ५ बाट पार्किङ गरी राखिएको बाप्र३०२०१४ प ८४३६ नम्बरको डिस्कभर मोटरसाइकल चोरी भएको थियो ।

nisarga

उक्त मोटरसाइकल चोरी भएको सूचना प्राप्त हुनासाथ खटिएको प्रहरी टोलीले खोजतलासका क्रममा सोही दिन साँझ साढे ५ बजे भिमदत्त नगरपालिका–१८, जानकी टोलबाट मोटरसाइकलसहित उनीहरूलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा जिल्ला कञ्चनपुर भिमदत्त नगरपालिका–७ का १९ वर्षीय आंशु महता, २० वर्षीय जगदिश भट्ट र १९ वर्षीय दिपक चन्द रहेका छन् । प्रहरीले बरामद गरिएको मोटरसाइकलसहित पक्राउ परेका व्यक्तिहरूलाई नियन्त्रणमा लिई कानुन बमोजिम थप अनुसन्धान अगाडि बढाएको जनाएको छ ।