उद्धव श्रीमाल स्मृती कपकालागी व्यवशायी बोगटीको ५१ हजार सहयोग

Image
maya metro

अत्तरिया – कैलालीको गोदावरी नगरपालीका वडा नम्बर ८ स्थीत स्याउलेमा आयोजना हुन लागेको प्रथम उद्धव श्रीमाल स्मृती कप खुला फुटबल प्रतियोगिताकालागी व्यवशायी दान बहादुर बोगटीले ५१ हजार रुपैँया सहयोग गरेका छन् ।

स्याउले तथा काठमाडौँ बस्दै आएका बोगटीले सैपाल युवा क्लबले कात्तिक १ गतेदेखी स्याउलेमा आयोजना गर्न लागेको प्रथम उद्धव श्रीमाल स्मृती कप खुला फुटबल प्रतियोगिताकालागी सहयोग गरेका हुन् ।

nisarga

प्रतियोगीताकोलागी ५ लाख ५६ हजार रुपैँया बजेट आवश्यक पर्ने आयोजकको अनुमान छ ।

सैपाल युवा क्लबको खेल मैदानमा हुने प्रतियोगिताको प्रथम पुरुस्कार ५५ हजार ५५५ रुपैँया र मेडल तथा ट्रफि रहेको छ ।

प्रतियोगीताको तयारी अन्तीम चरणमा

कात्र्तिक १ गते देखी हुने प्रतियोगीताको तयारी अन्तीम चरणमा पुगेको आयोजकले जनाएको छ ।

प्रतियोगीतामा १८ ओटा टिम सहभागी हुने भएका छन् ।

प्रतियोगीताको उद्घाटन भोली बिहान ८ बजे गोदावरी नगरपालीका वडा नम्बर ८ का अध्यक्ष गोविन्द चौधरीले गर्ने जनाईएको छ ।