स्याउलेमा प्रथम उद्धव श्रीमाल स्मृति कप फुटबल प्रतियोगिता सुरु, अध्यक्ष चौधरीद्वारा उद्घाटन

Image
maya metro

अत्तरिया – कैलालीको गोदावरी नगरपालिका वडा नम्बर – ८,स्याउलेमा प्रथम उद्धव श्रीमाल स्मृति कप फुटबल प्रतियोगिता सुरु भएको छ ।

प्रतियोगिताको आज वडा अध्यक्ष गोविन्द चौधरीले उद्घाटन गरेका छन् ।

nisarga

स्याउलेमा रहेको सैपाल युवा क्लबले आयोजना गरेको प्रथम उद्द्व श्रीमाल स्मृति कप फुटबल प्रतियोगिता कार्तिक ७ गतेसम्म चल्नेछ । 

स्याउलेस्थित सैपाल युवा क्लबको खेल मैदानमा भैरहेको प्रतियोगितामा वडा नम्बर -८ ले मुख्य प्रायोजन गरेको छ ।

त्यसैगरि विभिन्न संघसँस्था तथा ब्यक्तिले प्रायोजन र सहयोग गरेका छन ।

प्रतियोगितामा १८ ओटा टिम सहभागी रहेका छन् । आज पहिलो खेल आयोजक सैपाल युवा क्लब र जोनापुर युनाइटेड बिच भइरहेको छ ।                                                                      प्रतियोगिताको प्रथम पुरुस्कार ५५ हजार ५५५ रुपैँया र मेडल तथा ट्रफि रहेको छ ।

त्यसैगरी द्धितिय पुरुस्कार २५ हजार ५२५ रुपैँया र मेडल तथा ट्रफि राखीएको रहेको छ भने खेलमा म्यान अफ द म्याचलाई गीफ्ट ह्याम्पर सहित गरी २० हजार बराबरको पुरुस्कृत सामग्री प्रदान गरिने छ ।

खेल अवधीभर सर्वोत्कृष्ट खेलाडी, उत्कृष्ट गोल रक्षक, उत्कृष्ट रक्षक, उत्कृष्ट मध्य मैदान खेलाडी र उत्कृष्ट अग्र खेलाडी चुनी एकएक हजार रुपैँया प्रदान गरिने आयोजकले जानकारी दिएको छ ।

समाजसेवी एवम् खेलप्रेमि युवा उद्दव श्रीमालको २०७७ मंसिरमा कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको थियो ।