बझाङमा जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु

Image
maya metro

बझाङ – बझाङमा जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । दुर्घटनामा ४ घाइते छन् ।

सुदूरप्रदेश प्रदेश ०४- ००१ च ०११७ नम्बरकाे जीप दुर्घटना भएकाे प्रहरीले जनाएकाे छ ।

nisarga

बुधबार दिउँसो करिब ४:१५ बजेतिर मस्टा गाउँपालिका ४ स्थित चिउरीमा जीप दुर्घटना भएको हो ।

जीप बझाङ सदरमुकामबाट सुर्माको मेला भर्न जाँदै गरेको थियो ।

जीप सडकबाट करिब २०० मिटर तल खसेको छ । घटनास्थलमा अहिले उद्दारको काम भइरहेको प्रहरीले जानकारी दिएको छ ।