
काठमाडौं – दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता कर्णाली प्रदेशमा हुने भएको छ। आगामी प्रतियोगिता २०८१ मंसिरमा कर्णाली प्रदेशले गर्ने तय भएको हो।
दसौँ राष्ट्रिय खेलकुदको मिति २०८१ साल मङ्सिर २ देखि ९ गतेसम्म तोकिएको छ।

नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको समापनको अवसरमा प्रधानमन्त्री शेरबहादुर देउवाले कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री यज्ञबहादुर बिसीलाई बिहीबार दशौँ प्रतियोगिताको झण्डा हस्तान्तरण गरे।































