बैतडीमा भीरबाट लडेर महिलाको मृत्यु

Image
maya metro

अत्तरिया – बैतडीमा भीरबाट लडेर एक महिलाको मृत्यु भएको छ। जिल्लाको पुर्चौंडी नगरपालिका–६ स्थित खडायत गाउँकी ३२ वर्षीया लिला खडायतको लडेर मृत्यु भएको हो।

शनिबार दिउँसो खर काट्ने क्रममा उनको घर नजिकैको भीरबाट लडेर मृत्यु भएको प्रहरीले जनाएको छ।

nisarga