विश्वकप फुटबलमा आज पनि चार खेल हुँदै

Image
maya metro

फिफा विश्वकप फुटबल २०२२ अन्तर्गत मंगलबार चार खेल हुँदैछन।

मंगलबार समूह चरण अन्तर्गतको अन्तिम चरणका खेल हुन लागेको हो। समूह ‘ए’ र र ‘बी’ का दुई–दुई खेल हुनेछन।

nisarga

समूह ‘ए’ मा रहेका इक्वेडर र सेनेगल तथा नेदरल्याण्ड्स र कतारबीच प्रतिस्पर्धा हुनेछ। दुवै खेल नेपाली समयअनुसार बेलुकी पौने ९ बजे सुरु हुनेछन।

समूह ‘बी’ मा रहेका इरान र अमेरिका तथा वेल्स र इंग्ल्याण्डबीच खेल हुँदैछ। यी खेल राति पौने १२ बजे सुरु हुनेछ ।

यी चारै खेलबाट अन्तिम १६ मा पुग्ने राष्ट्रको टुंगो लाग्नेछ।