डोटीबाट गर्भवतीको हेलिकोप्टरमार्फत उद्धार

Image
maya metro

डोटी – डोटीबाट गर्भवतीको हेलिकप्टरमार्फत उद्धार गरिएको छ।

उच्च रत्तश्राव भएपछि जिल्लाको बडिकेदार गाउँपालिका वडा नम्बर ५ लाना केदारेस्वर कि २७ बर्सिया अमृता देबि बोहराको बुधबार हेलिकप्टरबाट उद्धार गरिएको को हो ।

nisarga

सोमबार साझ देखि सुत्केरी बेथा लागेकि बोहराले बच्चा जन्माउन नसकेपछिरन्तोला सामुदायिक स्वास्थ्य इकाई लाना रन्तोलामा लगीएको थियो ।

उच्च रत्तश्राव भएपछि उनको स्वास्थ्य अवस्थालाई मध्यनजर गरी विभिन्न निकायको पहलमा थप उपचारका लागी नेपाली सेनाको एन एकल साइन ०४५ नम्बको हेलिकप्टरबाट प्रादेशिक अस्पताल सुर्खेत लगिएको सिलगढीस्थीत भैरवप्रसाद गणले जनाएको छ ।

राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तरगत दुर्गम ठाउँका गर्भवती तथा सुत्केरी महिलाहरूलाई विभिन्न समयमा हेलिकप्टर मार्फत उद्धार गर्ने गरिएको छ ।