बाजुरा प्रदेशसभा (क) मा एकिकृत समाजवादीका नरेश शाही विजयी

Image
maya metro

अत्तरिया – बाजुरा प्रदेशसभा (क) मा नेकपा एकिकृत समाजवादीका नरेश शाही विजयी भएका छन ।

बाम लोकतान्त्रीक गठबन्धन बाट प्रदेश (क) मा उम्मेदवार रहेका शाहीले १० हजार ९ सय ७३ मत ल्याएर विजयी भएका हुन ।

nisarga

राष्ट्रिय युवा संघका केन्द्रिय अध्यक्ष समेत रहेका शाहीलाई काँग्रेसले सर्मथन गरेको थियो ।

उनका प्रतिद्धन्द्धी नेकपा एमालेका बल्देव रेग्मीले ८ हजार ६ सय ३२ मत प्राप्त गरेका छन ।

त्यसैगरी बाम लोकतान्त्रीक गठबन्धनबाट मित्रवत प्रतिस्प्रधामा रहेका नेकपा माओबादी केन्द्रका उम्मेदवार कर्ण बहादुर विक (केशव) ले १ हजार ९८ मत प्राप्त गरेका छन ।