
अत्तरिया – बैतडीको पञ्चेश्वर गाउँपालिका–४ फ्याउलीकी २१ वर्षीया माया लुहारका हत्या आरोपी भरतराम कोलीलाई कञ्चनपुर प्रहरीले महेन्द्रनगरबाट पक्राउ गरेको छ ।
ससस्त्र प्रहरीमा कार्यरत कोलीलाई आईतवार बिहान महेन्द्रनगरको बसपार्कमा हिडिरहेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो ।

बैतडीको शिवनाथ गाउँपालिका–४ घर भएका कोली गत १३ गते मायाको हत्या र उनकी भदै नेहालाई घाइते बनाएर फरार भएका थिए।
प्रहरीले उनको मोबाइलको लोकेसन ट्रेस गरिरहेको थियो। पछिल्लो पटक उनको लोकेसन डडेल्धुरा देखिएको थियो।
त्यसैका आधारमा फरार कोलीको खोजी भइरहेको थियो। उनी माथि चक्कुले मायाको घाँटी रेटेर हत्या गरेको आरोप छ।



















