सुदुरपश्चिम महोत्सवको चौथो दिन: १५ हजार बढीले गरे अवलोकन

Image
maya metro

धनगढी – सुदुरपश्चिम महोत्सवको आज चौथो दिन १५ हजारबढी दर्शकहरु अवलोकन गरेका छन् । धनगढी स्थित पशुपति टोलमा सञ्चालन भई रहेको सुदुरपश्चिम महोत्सव २०७९ को चौथो दिनपनि स्थानिय तथा राष्ट्रिय कलाकारहरुले दर्शकहरुलाई मनोरञ्जन प्रदान गरेका हुन्।

आज आईतबार मञ्जु पौडेल, रमेशराज भट्टराई,आशिस महर, रचना रिमाल, ध्वज महरा, भुवन दाहाल लगायतका कलाकारको बेजोड प्रस्तुति राख्दै दर्शकहरुलाई मनोरञ्जन प्रदान गरेका थिए।

nisarga

आयोजक कैलाली उद्योग बाणिज्य सँघका कार्यकारी निर्देशक गोमा अधिकारीले उल्लेखीय रुपमा दर्शक सहभागिता रहेको जानकारी दिइन् । हिजो शनिवार मात्रै ५० हजार हालसम्म डेढ लाख भन्दा बढीले महोत्सव अवलोकन गरेको जानकारी दिइन् ।

यस्तै उनका अनुसार महोत्सवले व्यापार ब्यवसाय पनी राम्रो भएको छ । सुदुरपश्चिम महोत्सवमा स्थानीय कला, संस्कृति पर्यटन र पहिचानको उजागर गर्न र स्थानिय उत्पादन, कृर्षि प्रर्दशनीलाई प्राथमिकता दिइएको जानकारी दिइन् । उनले सम्पुर्ण दर्शकलाई महोत्सव अवलोकन गर्न र मनोरञ्जन लिन अनुरोध गरेकी छिन् ।