
बैतडी – बैतडीको सिगास गाउँपालिका १ गोलेधार नजिकैको ठूलाखोलामा मंसिर महिनामै काफल पाकेको छ ।
ठूलाखोलाको चारैतिर तुषारो परिरहेका बेला गुफा नजिकै रहेको काफल भने पाकेको स्थानीयले बतएका छन् ।

ठूलाखोलाको आसपासमा अन्य काफलका रुखहरु भएपनि गुफा र मूर्ती नजिकैको काफलको रुखमा भने दाना पाकेका स्थानीयहरुको भनाइ छ ।
काफलको रुखमुनि गुफा रहेको र त्यो गुफामा रहेका शिलाहरुमा भगवान गणेशको आकृति रहेकाले सो ठाउँमा रहेको काफलको रुख कहिले पनि रित्तो नहुने भन्दै स्थानीयले यसलाई दैवीय शत्तिका रुपमा लिएका छन् ।



















