
धनगढी – सुदूरपश्चिम महोत्सवको आज छैठौं दिन रहेको छ । महोत्सवमा आज राष्ट्रिय तथा स्थानीय कलाकारको बेजोड प्रस्तुति रहने छ ।
आज गायक सुगम पोखरेल, राजु कुस्मी र अन्जु कुस्मीको प्रस्तुति रहने कैलाली उद्योग वाणिज्य संघका सदस्य मिलन कुँवरले बताए ।कलाकार संयोजक कुँवरले आज राष्ट्रिय कलाकारका साथै स्थानीय कलाकारको पनि बेजोड प्रस्तुति रहने जानकारी दिए ।

यस्तै मङ्सिर २८ गते गायक प्रकाश सपुत र रेखा जोशी आउने भएका छन् । मङ्सिर २२ देखि सुरु भएको महोत्सव पुस २ गते सम्म सञ्चालन हुनेछ ।






























