बैतडीमा शिक्षक मृत्यु प्रकरण: हत्या भएको खुलासा, हत्यारा आज सार्वजनिक हुने

Image
maya metro

बैतडी – बैतडीको पाटन नगरपालिका ६ मा पर्ने कृष्ण माविका शिक्षकको हत्या भएको खुलासा भएको छ ।

शिक्षक धनबहादुर बिष्टको पुष १ गते शुक्रबार राती छात्रावास नजिकै हत्या भएको अनुसन्धान गर्ने निकायको निर्णय छ । पुष २ गते छात्रावास पछाडीको झाडीमा शव फेला परेको थियो ।

nisarga

उनको मादक पर्दाथ सेवन गरी लडेर मुत्यृ भएको अनुमान गरिएको थियो । तर उनका परिवारीले हत्याको आशंका गरेपछि अनुसन्धान थालिएको थियो । हत्यामा संग्लनहरुलाई बिहीबार जिल्ला प्रहरी कार्यालय बैतडीले सार्वजनीक गर्ने भएको छ ।

शिक्षक बिष्टको हत्या भएकाले दोषी पत्ता लगाउनुपर्ने माग गर्दै शिक्षकका पेशागत संघसंगठनहरु पनि आन्दोलनमा उत्रेका छन् भने संघर्ष समिति गठन गरेर पाटन नगरपालिकामा तालाबन्दी समेत गरिएको छ ।

पाटन नगरक्षेत्रभित्रका विद्यालय लगातार दुई दिनदेखि बन्द रहेको अवस्थामा बिहिबार पनि बन्द रहने र जिल्लाभरीका शिक्षण संस्था बन्दका लागि आह्वान गर्ने निर्णय भएको संघर्ष समितिले जनाएको छ।