
काठमाडौँ – भाइरल बालगायक सचिन परियारको टिचिङ अस्पताल अस्पताल भर्ना भएका छन्। स्वास्थ्यमा जटिल समस्या देखिएपछि उनलाई महाराजगञ्ज स्थित टिचिङ अस्पतालमा भर्ना गरिएको हो। बुधबार अस्पताल भर्ना भएका परियारको अवस्थामा अहिले पनि सुधार हुन सकेका छैन।
सचिनको उपचारमा आर्थिक समस्या रहेको थाहा पाएपछि इसा फाउण्डेसन मार्फत २० हजार आर्थिक सहयोग गरेको फाउन्डेसनका सचिव कमल सरगमले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्।उनले थप आर्थिक सहयोगको पनि खाँचो रहेको उल्लेख गरेका छन्। परियारको टाउकोमा समस्या देखिएको छ।

विभिन्नदातामार्फत उनलाई उपचार खर्च जुटाउन थालिएको छ। राजेश हमालसँग एक म्युजिक भिडियो अभिनय गरेका परियार केही समय हास्य श्रृखला ‘मेरी बास्सै’ पनि छाएका थिए। एक युट्युवमा अन्तर्वाता दिएर भाइरल भएका परियारकाले ‘रातो रबर एक’, ‘रुमाल खस्छकी’, ‘के छ र हजुर’, ‘बरको छाँयाले’ लगायत थुप्रै गीत गायका छन्। जुन चर्चित समेत भएको छ। उनी लाइभ लोकदोहोरी गाएर समेत चर्चामा छाएका थिए ।































