
कैलाली – गायक सर्जक शेर साउँदको नयाँ गीत “पिपल छाँयालाई” सार्वजनिक भएको छ । अङ्ग्रेजी नयाँ वर्षको अवसर पारेर बुढा म्युजिकको युटुव च्यानलबाट गीत सार्वजनिक गरिएको हो ।
शेर साउँद र मनिषा सुनारको आवाजमा रहेको उक्त गीतमा लय शब्द पनि साउँदकै रहेको छ । गीतको निर्देशन कटक बुढाले गरेका छन् भने गीतमा बुढा र मालती न्यौपानेको अभिनय रहेको छ ।

यो गीत डोटीली भाषाका अन्य डेउडा गीतहरु भन्दा फरक छ । यसमा नेपाली र डोटेली दुबै भाषा मिक्स छ । अरु डेउडा गीतहरु भन्दा यो गीत सबै नेपाली भाषिहरुले बुझ्न सक्ने छन् ।
सरल र मन छुने शब्दहरु प्रयोग भएकाले यो गीत सबैले मन पराउने विश्वास लिएको गायक एवं सर्जक साउँदले बताए । मार्मिक शब्द संयोजन, मिठो आवाज र गीत भित्रै पसेर गरेको अभिनय यो गीतका उत्कृष्ट कार्य हुन् ।














