कैलाली र कञ्चनपुरबाट साढे ३ लाख बढीका भन्सार छलीका सामान बरामद

Image
फाइल फोटो
maya metro

धनगढी – कैलाली र कञ्चनपुरबाट प्रहरीले भन्सार छली गरी भारतबाट ल्याइएका साढे ३ लाख रुपैयाँभन्दा बढी मूल्यका विभिन्न सामान बरामद गरेको छ।

कैलालीका विभिन्न स्थानबाट प्रहरीले २ लाख २१ हजार ५ सय ९० रुपैयाँ बराबरका सामान नियन्त्रणमा लिएको छ। बरामद सामानमा विभिन्न किसिमका कपडा, कस्मेटिक, पटाका तथा किराना सामग्री रहेका छन्।

nisarga

त्यस्तै, कञ्चनपुरका विभिन्न स्थानबाट १ लाख २३ हजार ३ सय रुपैयाँ बराबरका सामान बरामद गरिएको छ। प्रहरीले बिँडी, डिउ तथा किराना पसलका सामान नियन्त्रणमा लिएको जनाएको छ।

आइतबार जिल्ला प्रहरी कार्यालय कैलाली र कञ्चनपुर तथा मातहतका प्रहरी कार्यालयबाट खटिएको टोलीले दुवै जिल्लाका विभिन्न स्थानमा बेवारिसे अवस्थामा ती सामान फेला पारेको थियो।

बरामद सामान आवश्यक प्रक्रिया पूरा गरी नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।