बैतडीकी माया लुहारका हत्या आरोपित कोली कारागार चलान

Image
maya metro

बैतडी – बैतडीकी माया लुहार हत्याका आरोपित शिवनाथ गाउँपालिका–४ सोलपाला भरतराम कोली पुर्पक्षका लागि करागार चलान भएका छन्। पञ्चेश्वर गाउँपालिका ४ फ्याउलेकी मायाको हत्या आरोपित कोलीलाई जिल्ला अदालत बैतडीले कारगार चलान गरेको हो।

पौष ६ गते नै पुर्पक्षका लागि कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक प्रेमबहादुर शाहीले बताए। प्रहरीले आफ्नो अनुसन्धान सकाएर सरकारी वकिल कार्यालयमा पौष ५ गते मुद्दा बुझाएको थियो। २१ बर्षीया मायाको सशस्त्र प्रहरीका जवानसमेत रहेका कोलीले मंसिर १३ गते चक्कुले घाँटी रेटेर हत्या गरेका थिए भने मायाकी भदै १५ वर्षीया नेहा लुहारलाई घाइते बनाएका थिए।

nisarga

घटना लगत्तै फरार रहेका कोलीलाई मंसिर १८ गते महेन्द्रनगरबाट पक्राउ गरिएको थियो। उनले माया लुहारको हत्या गरेको स्वीकार गरेका थिए। उनीमाथि कर्तव्य ज्यान र ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरेर प्रहरीले अनुसन्धान गरेको थियो।