अत्तरियामा जारी महेत्सवमा आज को को आँउदैछन् कलाकार ?

Image
maya metro

अत्तरिया – कैलालीको अत्तरियामा जारी सुदूरपश्चिम प्रादेशिक महोत्सवमा आज चर्चित लोक दोहोरी गायक रामजी खाँड , गायक टेक बि।सी र बाल गायिका आयुष गौतमको पस्तुती रहने भएको छ ।

महोत्सवको सातौँदिन आज अन्य नृत्य तथा सांगेतिक प्रस्तुतीहरु पनी रहनेछन् । अत्तरिया उधोग वाणीज्य संघको आयोजनामा अत्तरियाको लामीताल परिसरमा भईरहेको महोत्सव माघ ९ गतेसम्म चल्नेछ ।

nisarga

महोत्सव हेर्नका लागि सर्वसाधारणका लागि ८० र विद्यार्थीहरुका लागि ५० रुपैया टिकट कायम गरिएको छ । महोत्सवमा शारिरिक अपाङ्गता र जेष्ठ नागरिक तथा एकल महिलालाई भने निःशुल्क गरिएको छ ।