अत्तरियामा जारी महेत्सवको आज नवौँ दिन, को को आँउदैछन् कलाकार ?

Image
maya metro

अत्तरिया – कैलालीको अत्तरियामा जारी सुदूरपश्चिम प्रादेशिक महोत्सवको आज नवौँ दिन । आज चर्चित लोक दोहोरी तथा देउडा गायिका पुर्णकला बि.सी , देउडा गायक महेश आउजी र नृत्यङ्गना रोमा न्यौपानेको प्रस्तुती रहने भएको छ ।

महोत्सवको नवौँदिन आज अन्य नृत्य तथा सांगेतिक प्रस्तुतीहरु पनी रहनेछन् । अत्तरिया उधोग वाणीज्य संघको आयोजनामा अत्तरियाको लामीताल परिसरमा भईरहेको महोत्सव माघ ९ गतेसम्म चल्नेछ ।

nisarga

महोत्सव हेर्नका लागि सर्वसाधारणका लागि ८० र विद्यार्थीहरुका लागि ५० रुपैया टिकट कायम गरिएको छ । महोत्सवमा शारिरिक अपाङ्गता र जेष्ठ नागरिक तथा एकल महिलालाई भने निःशुल्क गरिएको छ ।