
अत्तरिया – बाजुरामा ५.९ म्याग्निच्यूडको भूकम्प जाँदा एक घर भत्किएको छ ।
बाजुराको बडिमालिका नगरपालिका-७ मा एउटा घर भत्केको डिएसपी सुर्य थापाले बताए । उनका अनुसार मानवीय क्षतिबारेको थप विवरण आउन बाँकी छ ।

उद्दारका लागि प्रहरी परिचालन गरिएको डिएसपी सुर्य थापाले बताए ।
भूकम्पको धक्का सुदूरपश्चिमका अधिकांश जिल्लासँगै छिमेकी भारतका कतिपय स्थानमा पनि महसुस गरिएको बताइएको छ ।
यसअघि कात्तिक तेस्रो साता सुदूरपश्चिमको डोटीमा ६.६ म्याग्निच्युडको भूकम्प जाँदा ६ जनाको मृत्यु भएको थियो । केही मानिस घाइते भएका थिए । त्यसबेला सयौं परकम्प पनि गएका थिए ।














