अत्तरियामा प्रदेश स्तरिय खुल्ला एकल महिला लोक नृत्य प्रतियोगिता हुने

Image
maya metro

अत्तरिया – कैलालीको अत्तरियामा प्रदेश स्तरिय खुल्ला एकल महिला लोक नृत्य प्रतियोगिता हुने भएको छ । राष्ट्रिय लोक साँस्कृतिक प्रतिष्ठानको  प्रतियोयतिा आयोजना गर्ने भएको हो । माघ २७ र २८ गते अत्तरियाको होटल नमस्तेमा प्रतियोगिता हुने भएको हो । कार्यक्रमको मुख्य प्रद्धकमा सामाजिक विकास मन्त्रालय रहेको छ ।

त्यसैगरी स्थानीय व्यवस्थापकमा थ्री डिभीएल क्रियसन र मिडिया पार्टनर टिभी टुडे रहेको छ । राष्ट्रिय लोक साँस्कृतिक प्रतिष्ठानका अध्यक्ष लिला बास्कोटाले महिलाहरुको प्रतिभा प्रस्फुटनकालागी उत्त कार्यक्रमको आयोजना गर्न लागीएको बताए ।

nisarga

उनले नौ ओटै जिल्लाबाट एकएक जना महिलाहरुको सहभागीता रहने बताए । प्रतियोतिामा प्रथम हुनेले २५ हजार रुपैँया नगद र ट्रफी पाउनेछ । त्यस्तै दास्रो हुनेले १५ हजार नगद तथा ट्रफी पाउनेछ । तृतिय ले दश हजार र सान्त्वना पुरुस्कार ५ हजार रुपैँया राखीएको आयोजकले जनाएको छ ।