सांस्कृतिक संघको प्रदेश समन्वय समिति गठन

Image
maya metro

अत्तरिया – नेपाल साँस्कृतिक संघको सुदूरपश्चिम प्रदेश स्तरीय जिल्ला सभापतिहरु सहितको केन्द्रीय पदाधिकारी तथा केन्द्रीय सदस्यहरु भेलाले प्रदेश समन्वय समिति गठन गरेको छ ।भेलाले नेपाल साँस्कृतिक संघ केन्द्रीय उपसभापति सुरत रावत (डोटेली कान्छा)को संयोजकत्वमा १५ सदस्यीय प्रदेश समन्वय समिति गठन गरेको हो ।

सह(संयोजकमा गोबिन्द बिष्ट अछाम , सदस्यमा शंकरदत्त जोशी कञ्चनपुर ,बिष्णु भक्त खैर बझाङ , सरस्वती खडका भट्ट कैलाली ,प्रेम बिबश चन्द बैतडी ,सरस्वती दहाल कञ्चनपुर ,चन्द्रा साउँद डोटी,जनक कार्की अछाम , सरिता साउँद खडायत डडेल्धुरा ,दलबहादुर बोगटी कैलाली , रामचन्द्र बोहरा बाजुरा, सरस्वती कुवँर दार्चुला ,तर्कराज भट्ट कञ्चनपुर र सदस्य सचिवमा द्रोपती भट्ट मेघा लाई चयन गरेको छ ।

nisarga

समन्वय समिति गठन संगै विभिन्न निर्णय सहित आफ्नो बैठक सम्पन्न गरेको छ । नेपाली काङ्ग्रेस सुदूरपश्चिम प्रदेश सदस्य समेत रहेका संघका केन्द्रीय उपसभापति सुरत रावत (डोटेली कान्छा) को सभापतित्वमा बसेको भेलाले चैत्र मसान्तसम्म सुदूरपश्चिम प्रदेशका ९ वटै जिल्लाका सम्पुर्ण स्थानीय पालिकामा सदस्यता बितरण संगै तदर्थ समिति गठन गरिसक्ने , बैशाख मसान्तसम्म जिल्ला सम्मेलन सम्पन्न गरिसक्ने लगायतका निर्णय गरेको छ ।