
अत्तरिया – डेउडा प्रतिष्ठान केन्द्रीय समितिले स्थापना गरेको कलाकार कल्याणकारी कोषमा संस्थाका बरिष्ठ उपाध्यक्ष युवा नेता सुरत रावत डोटेली कान्छाले छोरी डिना रावतको जन्म दिनको अवसरमा रकम जम्मा गरेका छन् । रावतले ७ हजार १ सय ११ रुपैयाँ नगद संस्थाका अध्यक्ष दलबहादुर बोगटी र कोषाध्यक्ष प्रेमबिबश चन्द लाई संयुक्त रुपमा हस्तान्तरण गरेका हुन् ।
रकम हस्तान्तरण गर्दै बरिष्ठ उपाध्यक्ष डोटेली कान्छाले जन्म दिनमा फजुल खर्च गर्नु भन्दा कलाकारको साझा संस्था डेउडा प्रतिष्ठानले थालेको यो अभियानमा आफ्नो तर्फबाट सहयोग गरेको बताए ।
भाषा , कला,संस्कृतिको संरक्षण संगै कलाकारहरुको साझा एवं अभिभावकत्व गर्ने संस्थाको रुपमा स्थापित डेउडा प्रतिष्ठान केन्द्रीय समितीले स्थापना गरेको कलाकार कल्याणकारी कोषले कलाकारहरुलाई गाह्रो अफ्ट्यारो पर्दा साहाराको बन्ने बिश्वास रहेको संस्थाका अध्यक्ष दलबहादुर बोगटीले बताए ।































