बाजुरामा चट्याङ लागेर एक युवकको मृत्यु

Image
maya metro

बाजुुरा – बाजुरामा चट्याङ लागेर एक युवकको मृत्यु भएकाे छ।

मंगलबार बेलुकी अविरल वर्षासँगै चट्याङ पर्दा जगन्नाथ गाँउपालिका १ का ३१ वर्षीया यमराज बिष्टको मृत्यु भएकाे जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ।

nisarga

मृतक बिष्ट देउडा पाटन भन्ने ठाउँमा भैंसी गोठालो गएका थिए। उनको बेलुकी करिब ८ बजे चट्याङ लागेर मृत्यु भएकाे प्रहरीले जनाएको छ।