बाजुरा जोड्ने साँफे-मार्तडी सडक पहिरोका कारण अवरुद्ध

Image
फाईल फोटो
maya metro

अत्तरिया – बाजुरा जिल्ला जोड्ने साँफे-मार्तडी सडक पहिरोका कारण अवरुद्ध भएको छ।

बाजुराको बुढीगंगा नगरपालिकाको वडा नम्बर १ मा पहिरोका कारण सडक अवरुद्ध भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ। माथिबाट सडकमा आएको पहिरो हटाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ।

nisarga

बर्खा सुरुभएपछि बाजुरा जोड्ने सडक प्रत्येक वर्ष अवरुद्ध हुँदै आएको छ।