साँस्कृतिक महासंघ कैलारी गाउँपालिका अधिवेशन सम्पन्न,सभापतिमा सविता थारु

Image
maya metro

अत्तरिया – नेपाल साँस्कृतिक महासंघ कैलारी गाउँपालिकाको प्रथम अधिवेशन शनिबार सम्पन्न भएको छ । नेपाल साँस्कृतिक महासंघ कैलारी गाउँपालिका सभापति विरबहादुर चौधरीको सभापतित्वमा भएको कार्यक्रमको प्रमुख अतिथि नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश सदस्य एवम नेपाल साँस्कृतिक महासंघ केन्द्रीय उपसभापती सुरत रावत (डोटेली कान्छा) रहेका थिए । त्यसैगरी विशिष्ट अतिथि नेपाल साँस्कृतिक महासंघका केन्द्रीय सदस्य बिष्णु भक्त खैर रहेका थिए ।

अधिवेशन उद्घाटन समारोहमा नेपाल साँस्कृतिक संघका केन्द्रीय सदस्यद्वय प्रेम बिबश चन्द ,सरस्वती खडका भट्ट ,महासंघ कैलाली जिल्ला कार्यबाहक अध्यक्ष मेघा भट्ट , नेपाली कांग्रेस कैलारी गाउँपालिका सचिव मिना चौधरी , नेपाल तरुण दल कैलारी गाउँपालिका केदारनाथ चौधरी ,नेपाल साँस्कृतिक महासंघ जिल्ला सदस्य द्वय अमृत चौधरी , राज चौधरी राजु लगायतको उपस्थीती रहेको थियो ।

nisarga

यस्तै नेपाल साँस्कृतिक महासंघ कैलारी गाउँपालिका सविता थारुको सभापतित्वमा नयाँ नेतृत्व चयन भएको छ । जसको उपसभापतीमा मञ्जु चौधरी ,सचिवमा बिनय थारु,कोषाध्यक्षमा रामकृष्ण चौधरी चयन भएका छन् भने सदस्यमा सुनिल चौधरी ,किशुनलाल चौधरी,तुलसी प्रसाद चौधरी ,धनिराम चौधरी र सहदेव चौधरी चयन भएका छन् ।